किनकि किसानले प्रगति गरे देशले प्रगति गर्नेछ

नेपाल एक कृषि प्रधान देश भनेर चिनिन्छ । यहाँका ६६ प्रतिशत जनता आफ्नो जिविका धान्न कृषिमा निर्भर छन् र नेपालको कुल ग्राहृस्थ उत्पादनमा कृषिको ३३ प्रतिशत योगदान रहेको छ । तर नेपाल र नेपाली कृषिमुखि भएतापनि आजको दिनमा हरेक वर्ष नेपालले कृषिमा वार्षिक १ खर्ब ६० अर्ब २८ करोडको व्यापार घाटा बेहोरीरहेको अवस्था छ । आजको आवश्यकता नेपालको कृषि क्षत्रलाई व्यापारमुखि र नाफामुखि बनाउनु हो र यही लक्ष्य लिएर हाम्रा किशान स्थापना गरिएको हो ।

हाम्रा किशान कृषि क्षत्रमा क्रियाशिल एक निजी कम्पनी हो । हाम्रो उद्देष्य नेपालको कृषि क्षत्रमा अनुशन्धानमा आधारित नाफामुखि व्यवसायलाई प्रोत्शाहन दिइ नयाँ तथा पुराना कृषकहरुलाई व्यवसायिक तथा प्राविधिक सेवा प्रदान गर्नु हो ।

Vision

आजको दिनमा पनि कृषकहरुले अभैm कृषिलाई नाफामुखि व्यवसाय भन्दा पनि जिविकोपार्जन गर्ने साधनको रुपमा लिएको पाइन्छ । कृषि क्षत्रमा देखिएका प्रमुख चुनौतिहरु अनुशन्धानको कमी, बजार व्यवस्थापनको कमी, र योजनागत कृषि व्यापार व्यवसायको कमी रहेका छन् ।

यही चुनौतिहरुलाई पार गर्दै हाम्रा किशान कृषकहरुलाई सफल कृषि व्यवसाय संचालन गर्न चाहिने सेवाहरु उपलब्ध गर्दछ । हामी कृषकहरुलाई व्यवसायिक तालिम, कृषिको प्राविधिक तालिम, प्राविधिक तथा व्यवसायिक परामर्श, लगानी जुटाउन सेवा र परामर्श, र बजार प्रति पहँुच पु¥याई सेवा प्रदान गर्दछौं । हामी हाम्रो सेवा द्वारा कृषि व्यवसायलाई नाफामुखि बनाइ नेपालका किशानहरुलाई सफलता र समृद्धि तफ अग्रसर गराउने प्रयासमा छौँ ।

देशको ६६ प्रतिशत जनसंख्या ओगट्ने कृषकहरुको प्रगतिमा नै देशका प्रगति छ । जब देशका कृषकहरुले जिविका धान्न नभई व्यवसाय संचालन गरी नाफा कमाउने मनुसायले कृषिमा लाग्छन् र नेपालको कृषिमा आयात भन्दा निर्यात बढि हुन्छ, तब मात्र देश समृद्धि तर्फ लाग्छ ।